बैतडीमा विद्युतीय धरापमा परेर महिलाको मृत्यु

बैतडी- बैतडीमा जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ।

Dadeldhura hospital

पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। उनका अनुसार जंगली जनावरका लागि मकै बारीमा थापेको विद्युतीय धरापमा परेर भट्टको मृत्यु भएको हो।

Navadurga sun
Godawari sandesh

मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरी निरीक्षक पाण्डेले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Loading...