नेपाल क्रिकेट संघले ७ प्रदेशमा क्रिकेटका १० प्रशिक्षक नियुक्त

Dadeldhura hospital

काठमाडौं, २ असोज– नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ७ प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश १ मा पुष्प थापा, प्रदेश-२ मा प्रकाश शर्मा र सुनील शाह, बागमती प्रदेशमा सञ्जय महर्जन र गण्डकी प्रदेशमा रिजन प्रजुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशका लागि बसन्त शाही र जमिल अन्सारी, कर्णालीका लागि वीरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज भट्ट र जानकी भट्ट प्रशिक्षक नियुक्त भएका छन् ।

Loading...