मुख्यमन्त्री शाह र पृतनापति केसी बिच भेटवार्ता

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका सुदूरपश्चिम पृतनापति (उपरथि) किरण केसीबिच आज भेटवार्ता भएको छ ।

Dadeldhura hospital

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुवैबिच भेटवार्ता भएको हो । भेटघाटको क्रममा सेनाले प्रदेश सरकार र प्रदेश सरकारले सेनालाई सहयोग गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

हालै सरुवा भएर सुदूरपश्चिम प्रदेश आएका पृतनापति केसीलाई मुख्यमन्त्रीले स्वागत गर्नुका साथै कार्यकाल सफलताको शुभकामना दिए ।

Loading...