अत्तरिया- कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा आइतबार झाडी सफाइ गरिएको छ ।


तीन वर्षअघि निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआएको विश्वविद्यालयको प्रशासनिक र शैक्षिक भवन वरपर स्थानीयवासी र संघर्ष समितिको नेतृत्वमा झाडी सफा गरिएको हो ।

सहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका सचिव धर्म सिंह कुवरले आन्दोलनकै कार्यक्रमअन्तर्गत साङ्केतिक दबाब स्वरूप सफाइ गरिएको जानकारी दिए । उनका अनुसार लामो समयदेखि प्रयोगमा नआएपछि विश्वविद्यालय परिसरमा झाडी उम्रिएर कुरूप बनेको थियो ।
