कैलाली कारागारका जेलर फेरिए, ढुंगाना हाजिर

धनगढी- कैलाली कारागारका जेलर फेरिएका छन् । कारागार व्यवस्था विभागले नेपालगञ्ज कारागारका जेलर रहेका प्रकाश ढुंगानालाई कैलाली कारागार पठाएको हो ।

Dadeldhura hospital

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकार शिवराज जोशीका अनुसार सरुवा भएर आएका ढुंगाना शनिबार नै हाजिर भइसकेका छन् । ञ२३ गते राति कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि यसअघि काजमा पठाइएका जालन्धर भुसाल गइसकेक छन्, उनले भने, ञभुसलको ठाउँमा ढुंगाना हाजिर भएका छन् ।

Navadurga sun
Godawari sandesh

घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका थिए । तत्कालीन सिडियो गोगनबहादुर हमाल गृह तानिएपछि उनको स्थानमा दाङबाट कृष्णप्रसाद लम्साल आइसकेका छन् । २३ गते राति भएको घटनामा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।

घाइते कैदीबन्दीले उपचारपछि पनि कैलाली कारागार जान मानेका छैनन् । उनीहरूको इच्छाअनुसार अन्य जिल्लाको कारागारमा सरुवा भइरहेको जिल्ला प्रशासनका सूचना अधिकारी जोशीले बताए ।

Loading...