अत्तरियामा भएको जिल्ला स्तरीय स्कुल डान्स प्रतियोगितामा सृष्टि तामाङ प्रथम

अत्तरिया- कैलालीको अत्तरियामा आयोजित जिल्ला स्तरीय स्कुल डान्स कम्पिटीसनको उपाधि धनगढीको वाल्मीकि इन्टरनेशनल स्कुलकी छात्रा सृष्टि तामाङले हात पारेकी छन् । यही जेठ ३१ गतेदेखि सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

जसमा वाल्मीकि की छात्रा सृष्टि प्रथम भइन भने वाल्मीकि कै छात्रा परिधी दाहाल दोस्रो भइन। प्रतियोगितामा अत्तरियाको प्रज्ञान पाठशालाकी छात्रा रीतिका घटाला तृतीय भइन। कैलालीका विभिन्न विद्यालयबाट करिब एक हजार ५ सय बढी विद्यार्थीहरूले अडिसन दिएको प्रतियोगिताको फाइनलमा २१ जना प्रतिस्पर्धी पुगेका थिए।

Navadurga sun

उपाधि जितेकी तामाङले नगद ३० हजार १५१ पुरस्कार पाइन भने द्वितीय भएकी दाहालले नगद २० हजार १५१ पुरस्कार पाइन। यस्तै तृतीय स्थान हासिल गरेकी घटालाले नगद १० हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गरिन।

प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई शनिवार एक औपचारिक कार्यक्रमका बिच पुरस्कृत गरिएको थियो। अत्तरिया क्षेत्रका अग्रज कलाकार विनोद मल्लको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभा सदस्य खेमा देवी विष्ट रहेकी थिइन।

ADD Khali jpg
ADD Khali jpg
Loading...