सुदूरपश्चिम प्रदेशमा २ वर्षको अवधिमा डुबेर १३० जनाको मुत्यु

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा २ वर्षको अवधिमा डुबेर १३० जनाको मुत्यु भएको छ । महाकाली नदीमा नुहाउन गएका एकै घरका दुई बालिका साउन २५ गते डुबेर बेपत्ता भए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का आठ वर्षीय जीविका पन्त र उनकी बहिनी सात वर्षीय सानवी पन्तको दुःखद निधनले परिवार शोकमा डुबेको छ । चार दिनअगाडि नदीमा डुबेर बेपत्ता भएका दुवै बालिकाको अहिलेसम्म अवस्था अज्ञात छ । सुरक्षाकर्मी र स्थानीयले खोजी कार्य जारी राखे पनि दुवै बालिका अझै फेला परेका छैनन् । बेपत्ता दिदीबहिनी एकै घरका दाजुभाइ मुकेश पन्त र पदमका छोरी हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

कञ्चनपुरमा दिदीबहिनी डुबेर बेपत्ता भएको भोलिपल्ट कैलालीको लम्कीचुहा नगरपालिका–१, थापालीपुरका नौ वर्षीय बालक रोशन बोहोराको ज्यान गयो । तीन जना साथीसँग रोराखोलामा नुहाउन गएका उनी कहिल्यै नफर्किने गरी खोलामै बिलाए ।

यी दुई तत्कालीन घटना जस्तै सुदूरपश्चिम प्रदेशमा बर्सेनि डुबेर धेरैले ज्यान गुमाइरहेका छन् । नदीनाला, पोखरी, तलाउमा डुबेर मृत्यु हुनेको सङ्ख्या कुनै महामारीले हुने मृत्युको भन्दा कम छैन । विशेष गरेर नुहाउन वा पौडी खेल्न गएका डुबेर ज्यान गुमाइरहेका छन् । यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै बालबालिका रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षको अवधिमा मात्रै यस प्रदेशमा डुबेर १३० जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउन महिनामा डुबेर छ जनाको ज्यान गइसकेको जनाइएको छ ।

Dadeldhura hospital

कैलालीमा चार, कञ्चनपुर र अछाममा एकरएक जनाको डुबेर ज्यान गएको छ । दुई जना बेपत्ता छन् । गत आव २०८१/८२ मा पानीमा डुबेर ४४ जनाको ज्यान गएको थियो । कैलालीमा सबैभन्दा बढी १७, कञ्चनपुरमा १४, डडेलधुरामा ५, बझाङमा ३, डोटीमा २, बैतडी, दार्चुला र बाजुरामा १/१ जनाको ज्यान गएको थियो ।

यसै गरी आव २०८०/८१ मा डुबेर ८० जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनु भयो । कैलालीमा सबैभन्दा बढी ४४ जना, कञ्चनपुरमा १२, बझाङमा ८, डोटीमा ५ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी बाजुरामा ४, दार्चुलामा ३, डडेलधुरामा २, अछाम र बैतडीमा १/१ जनाको डुबेर ज्यान गएको थियो ।

प्रहरीको तथ्याङ्क हेर्दा तराईमै सबैभन्दा बढी व्यक्तिको डुबेर ज्यान गएको देखिन्छ । तराईमा रहेको कैलाली, कञ्चनपुरमा बढी गर्मी हुने गरेका कारण बालबालिकासहित विभिन्न व्यक्ति गर्मी छल्न नदीनालामा नुहाउन जाने गरेका छन् । नुहाउनदेखि लिएर माछा मार्न, पौडी खेल्न, नदीमा बगेको काठ समात्न जाँदा डुबेर मान्छेको ज्यान गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहोराले बताए ।

“कहिलेकाहीँ मलामी गएका व्यक्ति पनि नुहाउने क्रममा डुबेर नदीमा ज्यान गुमाइरहेका घटना छन्,” उनले भने, “पहाडका मान्छे तराईमा आउँदा नदीनालाको अवस्था र गहिराइ थाहा नहुँदा पनि डुब्ने गरेका छन् ।”

अभिभावक वा ठुलो मान्छेले ध्यान नदिँदा उनीहरूसँगै गएका बालबालिका पनि नदीमा डुब्ने गरेका छन् । अभिभावकको ध्यान अन्यत्र भएका बेला बच्चा गहिरो पानीमा गएर डुब्ने गरेको बोहोराले बताए । बालबालिकालाई नदीको गहिराइ र अवस्था थाहा नहुनु, पौडी खेल्न नआउनुलगायतका कारणले उनीहरूको ज्यान जाने गरेको सामुदायिक प्रकोप व्यवस्थापन राष्ट्रिय सञ्जाल नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष भोजराज ढुङ्गाना बताए ।

Loading...