कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि सांसद साउँदको सरकारलाई माग

अत्तरिया- नेपाली कांग्रेसका सांसद एनपी साउँदले कञ्चनपुरका आरक्षपीडितहरूको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले विभिन्न समयमा गठन भएका ३४ वटा आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

साउँदका अनुसार दशकौँदेखि जंगलमा बसोबास गर्दै आएका आरक्षपीडित र तिनका बालबालिकाले शिक्षा, स्वास्थ्य र बसोबासमा गम्भीर कठिनाइ भोगिरहेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षसँग सम्बन्धित समस्यामा राज्यले करोडौँ रुपैयाँ खर्च गरेर आयोगहरू गठन गरे पनि सिफारिसहरू कार्यान्वयन नभएको उनले बताए ।

Navadurga sun

उनका अनुसार सबै आयोगले जग्गा उपलब्ध गराउने वा आर्थिक मुआब्जा दिने सिफारिस गरेका छन् । सुशील कोइरालाको सरकारको समयमा तत्कालीन वनमन्त्री महेश आचार्यको नेतृत्वमा बनेको अर्धन्यायिक आयोगले पीडितहरूको सङ्ख्या र मापदण्ड यकिन गर्दै आवश्यक बजेट समेत मन्त्रिपरिषद्बाट पारित गराइसकेको स्मरण गराए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...