बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ज १३७२ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। जिपमा सवार अन्य छ जना घाइते भएका छन्।

Navadurga sun

डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए। राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

शनिवार बिहान ५ः३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको हो। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए। जिप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

ADD Khali jpg
ADD Khali jpg
Loading...