किसान बहुउद्देश्यीय सहकारीद्वारा श्रद्धाञ्जली तथा ऋण मिनाहा कार्यक्रम सम्पन्न

अत्तरिया- किसान बहुउद्देश्यीय सहकारीद्वारा श्रद्धाञ्जली तथा ऋण मिनाहा कार्यक्रम सम्पन्न गरिएको छ ।

गोदावरी न.पा.–५, गेटा कटानमा संस्था लिमिटेड, गेटा शाखाले आफ्नो शेयर सदस्यका श्रीमान स्व. टीका ल्वारको निधनपछि उहाँको नाममा लिएको कर्जा मिनाहा गरेको छ।

Navadurga sun

शेयर सदस्यता नं. ०११०१७५३०४०५ का नाममा रहेको कुल रु. १ लाख ४८ हजार ७ सय ९४ रुपैयाँ कर्जा रकम संस्था द्वारा मिनाहा गरी हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष सुधिराम चौधरी प्रमुख अतिथि रहनु भएको थियो। सहकारी संस्थाका शाखा रोशन भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मृतक परिवारलाई राहत स्वरूप कर्जा मिनाहा गरेको हो ।

त्यसै अवसरमा सहकारी संस्थाले कृषकहरूलाई उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लिचीका बोटहरू वितरण समेत गरेको छ।

शाखाले आगामी दिनमा पनि कृषक हितका कार्यक्रमलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

ADD Khali jpg
Loading...