गोदावरी-१० मा नहर र नालिको पानी जम्दा क्षति, वडा अध्यक्ष शाहीको सक्रियतामा निकास व्यवस्थापन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० अन्तर्गतका खमौरा, दमौरा र सीतापुर लगायतका बस्तिहरूमा सिँचाइ नहर र सडकको नालिको पानी जाम हुँदा केही घरधुरी र खेतबारीमा क्षति पुगेको छ । भारी वर्षातपछि पानीको उचित निकास नहुँदा स्थानीय बस्तीहरू प्रभावित भएका थिए ।

Dadeldhura hospital

तर वडा अध्यक्ष रवीन्द्र शाही गुड्डुको नेतृत्वमा बनेको टोलीको सक्रियताले तुरुन्तै आवश्यक पहल भएको हो । गोदावरी नगरपालिकाको डोजर र निर्माण कम्पनीको अन्य मेसिनहरूको सहायताले पानीको निकास व्यवस्थापन गर्दा सम्भावित ठूलो क्षति हुनबाट बस्तीहरू जोगिएका छन् ।

Navadurga sun
Godawari sandesh

स्थानीयवासीहरूले समयमै हस्तक्षेप भएकाले आफूहरू सुरक्षित रहेको बताएका छन् भने वडाध्यक्ष शाहीले दीर्घकालीन समाधानका लागि अब नियमित मर्मत र पूर्वतयारीमा जोड दिने बताएका छन् ।

Loading...