अत्तरिया–धनगढी ६ लेन सडकमा पोल गाड्ने कार्य सुरु, दुई महिनामा सम्पन्न गर्ने लक्ष्य

अत्तरिया- गोदावरी नगरपालिका अन्तर्गतको अत्तरिया–धनगढी ६ लेन सडक खण्डमा विद्युत पोल जडानका लागि पोल गाड्ने कार्य आज (आइतबार) बाट पुन सुरु गरिएको छ । सुर्योदय ऊर्जा प्रालिले जिम्मा पाएको उक्त आयोजना आगामी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको हो ।

सुर्योदय ऊर्जा प्रालिका इन्जिनियर रबिन महतोका अनुसार ६ लेन सडकको मिडियन भागमा २८ मिटरको दूरीमा १८३ वटा स्ट्रीट लाइट र मनहरा पुल तथा ट्राफिक चेकपोष्ट नजिकका दुई स्थानमा हाई मास्ट लाइट जडान गरिनेछ। त्यस्तै, तेघरी ब्यारेक कापडाको बोट नजिक र वडा नं ११ र १२ को संगमस्थल गौडी चोकमा पनि हाई मास्ट लाइट जडान गरिने जनाइएको छ।

Navadurga sun

नगर प्रमुख बिरेन्द्र भट्टले सडक उज्यालो बनाउनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरका अनुसार कुल लागत २ करोड ३४ लाख १६ हजार ६३१ रुपैयाँ रहेको छ। यसमध्ये १ करोड ५२ लाख २० हजार ८१० रुपैयाँ गोदावरी नगरपालिकाले खर्च गर्नेछ भने बाँकी रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्नेछ।

विधिक निगरानी निरन्तर गरिने र मौसम अनुकूल रहेमा काम निर्धारित म्यादभन्दा अगाडि नै सकिने अपेक्षा गरिएको छ। सडक क्षेत्रलाई उज्यालो बनाउने यो परियोजनाले ट्राफिक व्यवस्थापन, जनसुरक्षा र सौन्दर्यीकरणमा उल्लेखनीय टेवा पुर्‍याउने विश्वास लिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...