अत्तरिया- कैलालीको चुरे गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रम एक विशेष समारोहबीच सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी प्रशासन, युवा क्लब तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।




कार्यक्रमका सभाध्यक्ष गाउँपालिका अध्यक्ष तथा पूर्ण संयोजक चक्र बहादुर बोगटी हुनुहुन्थ्यो।





विशिष्ट अतिथिको रूपमा उपाध्यक्ष धना देवी थापा, प्रमुख प्रशासनिक अधिकृत बिबिराज सोतिलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा वडा नं. ६ का अध्यक्ष प्रेम बहादुर साउद, वडा नं. ४ का अध्यक्ष चन्द्र बहादुर लामिछाने मगर, वडा नं. ३ का अध्यक्ष खगेन्द्र खडायत, स्वास्थ्य कार्यालयका निः प्रमुख तेज विक्रम शाही, इलाका प्रहरी कार्यालयका प्रमुख दीपक बिष्ट, चुरे युवा क्लबका अध्यक्ष गणेशनाथ योगी, वडा सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमको स्वागत मन्तव्य स्वास्थ्य निरीक्षक बिक्रम बोहराले दिनुभएको थियो भने, सञ्चालन चुरे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गजेन्द्र बिष्टले गर्नुभएको थियो।
कार्यक्रमको मूल उद्देश्य पालिकाभित्रका सबै बालबालिकालाई नियमित रूपमा आवश्यक खोप उपलब्ध गराई पूर्ण खोप सुनिश्चितता प्राप्त गर्नुका साथै यसको दिगोपना सुनिश्चित गर्नु रहेको छ।
कार्यक्रममा “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारा अघि सारिएको थियो।
चुरे गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको यो पहल स्थानीय स्तरमै खोप सुनिश्चितता र दिगोपनको उदाहरणीय अभ्यासको रूपमा लिइएको छ।




