कैलालीको घोडाघोडी नगरपालिकाले गर्‍यो १ अर्ब १ करोडको बजेट सार्वजनिक

धनगढी- कैलालीको घोडाघोडी नगरपालिकाले १ अर्ब १ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को २१ औँ नगर सभामा बजेट सार्वजनिक गरिएको हो ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलिया कुमारी चौधरीले आर्थिक वर्ष २०८२/०८३ लागी १ अर्ब करोड १ करोड ४० लाख २२ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी छन् ।

Navadurga sun

सङ्घ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १४ करोड ८१ लाख ३२ हजार रहेको छ। आयतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १९ करोड ३ लाख, समपूरक अनुदान २ करोड २५ लाख, विशेष अनुदान २ करोड ७४ लाख, सशर्त अनुदान ३ करोड ९० लाख ३० हजार र राजस्व बाँडफाँड १ करोड ३६ लाख ६१ हजार ३८ रुपैयाँ रहेको छ।

त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड २५ लाख, समपूरक अनुदान ३ करोड ३७ लाख ५० हजार, विशेष अनुदान ७५ लाख, सशर्त अनुदान ६० लाख र राजस्व बाँडफाँड ५८ लाख ४३ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ। चालु आर्थिक वर्षको भन्दा यो वर्ष करिब तीन करोड बढी बजेट आगामी वर्षको लागी सार्वजनिक भएको छ।

उपप्रमुख चौधरीले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सृजना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधि मैत्री सेवा बजेटको मुख्य उद्देश्य रहेको बताइन। चालु आर्थिक वर्ष २०८१/०८२ मा घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो वर्ष बजेट करिब ३ करोड रुपैयाँले बढाइएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...