वेदकोट नगरपालिकाको ९८ करोड ६५ लाख बजेट सार्वजनिक

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकाले १७ औँ नगर अधिवेशन मंगलबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सम्पन्न भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अधिवेशनमा नगर उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यज्यूहरू, वडा समितिका पदाधिकारीहरू तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ९८ करोड ६५ लाख २१ हजार ९५६ को बजेट पारित गरेको छ । अधिवेशनमा विभिन्न नयाँ कार्यक्रम र योजनाहरू सार्वजनिक गरिएको थियो ।

जसअनुसार: एक विद्यालय, एक नर्स कार्यक्रम लागू गरिनेछ ।, कोल्ड स्टोर सञ्चालनको तयारी गरिनेछ ।, लामो समयदेखि करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गरिनेछ ।, शान्ति सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिने ।, आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना र सञ्चालनमा आवश्यक तयारी गरिनेछ ।, दैजीमा आँखा उपचार केन्द्र स्थापना गरिनेछ ।, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई मासिक ज्यालादारी प्रणालीमा रूपान्तरण गरिनेछ ।

नगर प्रमुख बोहराले नगर विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनताको सेवामा अझ बढी उत्तरदायी र पारदर्शी हुने प्रतिबद्धता जनाउनुभयो ।

Loading...