कैलाली कारागारमा कैदीको रहस्यमय मृत्यु : अनुसन्धान गर्न काठमाडौंबाट विशेष प्रहरी टोली धनगढीमा

धनगढी- कैलाली जिल्ला कारागारमा कैद भुक्तानको क्रममा रहस्यमय रूपमा मृत्यु भएका डडेल्धुरा जिल्ला, भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, काठमाडौंबाट विशेष टोली धनगढी पुगेको छ।

Ganyapdhura gau

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी), डिएसपी, इन्सपेक्टर तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकृत सम्मिलित टोलीले घटनाबारे विभिन्न कोणबाट छानबिन गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। टोली ५ असारमा धनगढी आइपुगेको हो।

Navadurga sun

मृतक पालीकी श्रीमती जानकी साउँदले पतिको मृत्यु शंकास्पद रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथविरुद्ध किटानी जाहेरी दर्ता गरेकी थिइन्। जाहेरीका आधारमा सई नाथलाई पक्राउ गरी हिरासतमा राखिएको छ।

Dadhaldhura pur

उक्त सई नाथ स्वयं पालीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दाका वादी समेत थिए। सो मुद्दामा जिल्ला अदालतले २०८० फागुनमा पालीलाई १० दिन कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। त्यसपछि २९ जेठमा डडेल्धुराबाट पक्राउ परेका पालीलाई ३० गते धनगढी ल्याइएको थियो। अदालत बन्द रहेकोले असार १ गतेमात्र उनलाई पेश गरी कारागार चलान गरिएको थियो।

तर असार २ गते राति साढे १० बजेतिर पाली कारागारको बाथरुम नजिकै अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्कालै सेती प्रादेशिक अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा सोही राति उनको मृत्यु भएको थियो।

मृतकका परिवारले पालीको शरीरमा चोटपटक रहेको भन्दै मृत्यु शंकास्पद भएको बताएका छन्। पत्नी साउँदले प्रहरी सई नाथ, कारागार प्रमुख बसन्त बहादुर खत्रीसहित अन्य चार जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको भए पनि प्रहरीले जाहेरी सच्याउन निर्देशन दिएपछि अन्ततः बिहीबार सई नाथविरुद्ध मात्रै जाहेरी दिएकी हुन्।

पाँच दिनसम्म शव नबुझेको पाली परिवारले अन्ततः शुक्रबार बिहान शव बुझेर अन्त्येष्टि गरेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...