रास्वपाद्वारा अत्तरियामा हस्ताक्षर अभियान, रबी लामिछानेमाथिको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध जनमत सङ्कलन

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले पार्टी अध्यक्ष रबी लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा अत्तरियामा हस्ताक्षर अभियान सञ्चालन गरेको छ।

पार्टी स्थापना भएको तीन वर्ष पूरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा आयोजित यो अभियानमार्फत रास्वपाले लामिछानेविरुद्ध भइरहेको ‘दलीय प्रतिशोध’ विरुद्ध आम नागरिकको समर्थन जुटाउने उद्देश्य राखेको हो।

Navadurga sun

रास्वपा गोदावरी नगर समिति अध्यक्ष दीपक ओझाले अभियानको नेतृत्व गर्दै भने, “यदि उहाँ (रबी लामिछाने) गलत हुनुहुन्छ भने न्यायिक प्रक्रियाबाट फैसला होस्, होइन भने जनताको सेवा गर्न दिनुपर्छ।” उनले पार्टीप्रतिको जनसमर्थन निरन्तर बढिरहेको उल्लेख गर्दै नागरिकसँग हारगुहार गर्दै यो अभियान सुरु गरिएको बताए।

हस्ताक्षर संकलन अभियानमार्फत सङ्कलित जनमत जिल्ला प्रशासन कार्यालयमा बुझाइने जानकारी समेत अध्यक्ष ओझाले दिए।

कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो। रास्वपाले यो अभियानलाई लोकतन्त्र, निष्पक्ष न्याय र जनताको मतको सम्मानसँग जोडिएको संघर्षका रूपमा व्याख्या गरेको छ।

ADD Khali jpg
Loading...