सुदूरपश्चिम प्रदेशका उद्योगमा १ हजार ४५३ जनाले पाए रोजगारी, उत्पादन भने घट्दो क्रममा

धनगढी- सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका विभिन्न उद्योगहरूमा १ हजार ४ सय ५३ जनाले रोजगारी पाएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार रोजगारीको यो तथ्यांक प्रस्तुत गरिएको हो ।

Ganyapdhura gau

द्योगहरुमा काम गर्ने कामदारमा महिलाको हिस्सा ९.०२ र पुरुषको ९०.९८ प्रतिशत छ । ती उद्योगमा काम गर्ने कुल कामदारमध्ये २१.९५ प्रतिशत विदेशी रहेको प्रतिवेदनले औंल्याएको छ ।

Navadurga sun
Godawari sandesh

सो प्रदेशमा राष्ट्र बैंकले खाने तेल, प्रशोधित दूध, गहुँको पिठो, चामल, चिनी, काठ, साबुन, इँटँ, रोजिन एन्ड टर्पेन्टाइन लगायतका उद्योग दर्ता रहेकामा १३ वटा उद्योगबाट नियमित रुपमा तथ्यांक संकलन गरी अध्ययन गरेको हो । ‘प्रशोधित दूधको उद्योग भने हाल सञ्चालनमा नरहेको हुँदा सोको विवरण यस प्रतिवेदनमा समावेश गरिएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

Dadeldhura hospital

सो अवधिमा यस प्रदेशका उद्योगको औसत क्षमता उपयोग ३५.७९ प्रतिशत छ । जसअनुसार तोरीको तेल र कंक्रिट उत्पादन गर्ने उद्योगको तुलनात्मक रुपमा बढी क्षमता उपयोग भएको देखिएको छ ।

चामल, गहुँको पिठो, चिनी, साबुन र इँटाको उत्पादन गर्ने उद्योगको औसत क्षमता उपयोग भएको छ भने रोजिन उत्पादन गर्ने उद्योगको क्षमता उपयोग शून्य रहेको छ । यस्तै, कच्चा पदार्थको कमी तथा खोटो संकलनमा भएको ढिलाइका कारण रोजिनको उत्पादन शून्य रहेको छ । अध्ययनमा समेटिएका उद्योगहरुमा प्रत्यक्ष रोजगारी १ हजार ४ सय ५३ जना रहेको छ ।

इँटाको उत्पादनमा १५० प्रतिशतले वृद्धि भएको छ भने अन्य सबै उद्योगको उत्पादनमा कमी आएको छ । उक्त उद्योगमा तोरीको तेल ८६.३३, चामल २१.३७, गहुँको पिठो ३९.८०, चिनीे ७.३४ र साबुनको ६६.८० प्रतिशतले उत्पादन ह्रास भएको छ ।

समीक्षा अवधिमा व्यापारिक गतिविधिमा आएको सुस्तता, कच्चा पदार्थको कमी, माग बढ्न नसक्नु लगायतका कारणले वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग घटेर उत्पादनमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।

Loading...