वेदकोट नगरपालिकामा कृषि हाटबजार निर्माण कार्यको शिलान्यास सम्पन्न

कञ्चनपुर- वेदकोट नगरपालिकाकाे कृषि हाटबजार निर्माण कार्यको शिलान्यास बुधबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उप प्रमुख तुलसी जोशी, प्रमुख प्रसाशकीय अधिकृत हरि दत्त भट्ट लगायत नगरका विभिन्न वडाका प्रतिनिधिहरू, कर्मचारी, कृषक तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

Dadeldhura hospital

नगरपालिकाले कृषि उत्पादनको उचित व्यवस्थापन, संकलन तथा बिक्री वितरणलाई प्रभावकारी बनाउन कृषि हाटबजार निर्माणको योजना अघि सारेको हो ।

Navadurga sun
Godawari sandesh

नगरभित्र उत्पादित कृषि उपज तथा बस्तुहरूलाई स्थानीय स्तरमै समग्र कृषि उपज तथा वस्तुहरू सहज रूपमा उपलब्ध हुने लक्ष्यसहित अघि बढाइएको यस योजनाले कृषि क्षेत्रको बजारिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, यसले नगरवासीहरूलाई बाह्य हाटबजारमा निर्भर रहनु पर्ने अवस्थाको अन्त्य गर्ने अपेक्षा गरिएको छ । 

Loading...