सुदूरपश्चिम प्रदेशको ३३ अर्ब ४७ करोडको बजेट सार्वजनिक, कृषि र पूर्वाधारमा प्राथमिकता

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमा १० अर्ब २० करोड ८१ लाख रुपैयाँ चालु खर्चका लागि, १९ अर्ब ८३ करोड २ लाख रुपैयाँ पूँजीगत खर्चका लागि र ३ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि छुट्याइएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Navadurga sun

मन्त्री थापाले बजेट समावेशी, समानुपातिक र दिगो विकासको दृष्टिकोणमा आधारित रहेको जनाउँदै कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र रोजगारी सिर्जना जस्ता क्षेत्रहरूमा प्राथमिकता दिइएको बताए।

उनले विकास निर्माण कार्यमा पारदर्शिता, प्रभावकारिता र जवाफदेहिता सुनिश्चित गरिने प्रतिबद्धता जनाउँदै, संघीय सरकारसँग समन्वय र स्थानीय तहसँग साझेदारी गरेर सेवा प्रवाह र पूर्वाधार विकासमा ध्यान दिइने उल्लेख गरे।

साथै, राजस्व वृद्धि, आन्तरिक स्रोत परिचालन, भ्रष्टाचार नियन्त्रण र परिणाममुखी योजना कार्यान्वयन सरकारको प्राथमिकतामा रहने स्पष्ट पारिएको छ। बजेटमाथि अबको केही दिनभित्र छलफल र संशोधन प्रक्रिया अघि बढाइनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...