चुरे गाउँपालिका वडा नं ३ मा रहेको बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले फरक शैलीमा जन्मदिन मनाउने गरेका छन् कहिले वृद्धाश्रम गएर होस् कहिले गरिब जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर तर यो पाली चुरेको वातावरण लाई मध्य नजर गरी ओटा नयाँ अभियान का साथ विभिन्न सार्वजनिक ठाउँमा आफै गएर डस्ट बिन वितरण गरेर मनाएका छन् ।






चुरेलाई हरियाली र स्वच्छ बनाउने लक्ष्यसहित सार्वजनिक स्थानहरू जहाँ मानिसहरुको भीडभाड हुने ठाउँमा डस्ट विनहरू हस्तान्तरण गरेका हुन्। “सफा सुन्दर चुरे हाम्रो अभियान” भन्ने मूल नाराका साथ आफु काम गरेको क्लबको नाम लेखेर, ओटा नयाँ अभियानको पनि सुरूवात गरेका छन् । जसले सफाई र वातावरण संरक्षणमा ठूलो सहयोग पुग्ने र सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने छ ।





जन्मदिन मा भोज वा पार्टी गरेर खर्च गर्नुको साटो यस्तो कामले सामाजमा सकारात्मक हुने चुरे र विकासमा टेवा पुग्ने छ । विगतमा पनि विद्यालयलाई शैक्षिक सामग्री वितरण, वृद्धाश्रममा सहयोग गरी मनाउने गरेका छन् । आफ्नो जन्मदिनलाई जहिले पनि सामाजिक कार्यलाई अगाडि बढाएर मनाउने गरेका छन् । यो एउटा सानो कार्यले चुरेकाे वातावरण संरक्षणमा धेरै सहयोग मिल्ने छ ।
चुरेमा रहेको बसर युवा क्लबका युवाहरुले विभिन्न समयमा रचात्मक कामहरु गर्दै आईरहेका छन् । स्वास्थ्य शिविर, वडा कप भलिबल देखि प्रदेश स्थरिय भलिबल सम्म चुरेमा पहिलो पटक कर्पेारेट स्थरको पेनाल्टी सुट आउट प्रतियोगिता ,गरीब र जेहेन्दार विद्यार्थीलाई कापी कलम झोला सहयोग , वृहत वृक्षरोपण कार्यक्रम , पर्यटन महोत्सव, आमा समूहका माहिलाहरूलाई सेनेटरी प्याड वितरण, चुरेलाई खेल मार्फत चिनाएको भन्दै उत्कृष्ट खेलाडी र दुर्गममा पनि उत्कृष्ट सेवा दिएको भन्दै स्वास्थ्य चौकीलाई सम्मान सामाजिक कुरीति छुवाछुत अन्धविश्वास लगायत जनचेतना जस्ता कामहरू क्लबले गर्दै आइरहेको छ ।




