सुदूरपश्चिममा सांसद योजनाका लागि २ अर्ब बजेट विनियोजन हुने

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सांसदहरूका योजनामा करिब २अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गर्ने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदका लागि पाँच करोड र समानुपातिक सांसदका लागि तीन करोड रुपैयाँ बराबरका योजना पेस गर्न भनिएको छ ।

प्रदेशसभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक सांसद छन्। उनीहरूका लागि ‘घुमाउरो बाटो’ प्रयोग गरी बजेट छुट्याउने तयारी गरिएको हो। चालु वर्षमा पनि सांसद योजनाका लागि समान ढंगमा बजेट छुट्याइएको थियो। योजनाहरू कुनै मापदण्डका आधारमा नभई सांसदको इच्छाअनुसार कार्यकर्तामुखी ढंगले छनोट हुने गरेको आलोचना सांसदहरूकै तर्फबाट आइरहेको छ। सांसदहरूलाई यो प्रक्रियाबाट अपमानित महसुस भएको गुनासो छ।

Navadurga sun

सांसदहरूले विकासका प्रतिवद्धता जनतासामु गर्नुपरे पनि बजेट निर्माणमा आफ्नो प्रभाव नहुने भन्दै असन्तुष्टि जनाएका छन्। कांग्रेस सांसद पदमबहादुर शाही भन्छन्, “बजेट निर्माणमा न भूमिका रहन्छ, न खोजी हुन्छ, सांसदको गरिमा त वडाध्यक्ष जत्तिकै पनि छैन।”

प्रदेश सरकारले नीति तथा कार्यक्रममा टुक्रे योजनालाई निरुत्साहित गर्ने भने पनि व्यावहारिक कार्यान्वयन भने सांसदहरूकै सिफारिसमा निर्भर हुने देखिएको छ।

ADD Khali jpg
Loading...