जेठ २८ गते नेपाल खेलकुद महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशन हुने

धनगढी- नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन यही जेठ २८ गते हुने भएको छ । महासंघले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अधिवेशनबारे जानकारी दिएको हो ।

Ganyapdhura gau

महासंघका सुदूरपश्चिमका अध्यक्ष प्रकाशकुमार चन्दले अधिवेशन यही जेठ २८ गते धनगढीको रिद्दिसिद्दि पार्टी प्यालेसमा आयोजना हुन लागेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत (कृष्ण) को प्रमुख आतिथ्यता रहने तथा नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट प्रमुख वक्ता रहने उनले बताए ।

अधिवेशनमा २ सय २३ जना प्रतिनिधि रहने महासंघका केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज विष्णुकुमार चन्दले बताए । कार्यक्रममा करिब ७ सय जना सहभागी हुने उनले बताए ।

खेलकुद महासंघ सुदूरपश्चिमले खेल गतिविधिसँगै खेलाडी सम्मान, सरसफाइ, राहत, उद्धार लगायतका सामाजिक कार्य समेत गर्दै आएको महासंघका सुदूरपश्चिम प्रदेश सचिव प्रकाश बिकले बताए । लगत्तै महासङ्घको केन्द्रीय महाधिवेशन आयोजना हुने जनाइएको छ ।

Couple
Loading...