परराष्ट्रमन्त्रीमन्त्री राणा पुगिन धनगढीको बेहडाबाबा मन्दिर

अत्तरिया- सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले दर्शन गरेकी छन । कैलालीको धनगढी–१६, रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्र मन्त्री राणा शुक्रवार पुगेकी हुन। मन्दिरमा पुगेर उनले मुल मन्दिरमा विधिपूर्वक पुजा समेत गरिन् ।

Ganyapdhura gau

दर्शन गर्न पुगेकी परराष्ट्र मन्त्री राणाले आगन्तुक पुस्तिकामा बेहडाबाबाको दर्शन पाएकोमा खुसी व्यक्त गर्दै बेहडाबाबाले देशमा शान्ति तथा अमन चयनको कामना उल्लेख गरिन । हरेक वर्ष गंगादशहराका अवसरमा लाग्ने बेहडाबाबा मन्दिरमा दर्शन गर्न पुगेकी परराष्ट्र मन्त्री राणाले बेहडाबाबाले मन्दिर व्यवस्थापन समितिलाई मायाको चिनो समेत हस्तान्तरण समेत दिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसअघि सुदूरपश्चिम आएको समयमा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बेहडाबाबा मन्दिरको दर्शन गरिसकेका हुन ।

सुदूरपश्चिमकै धार्मिक आस्थाको केन्द्रबिन्दु बन्दै गएको बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्र मन्त्री राणा आएसँगै यस क्षेत्रको धार्मिक विकासमा मद्दत पुग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए । उनले भन ,‘परराष्ट्र मन्त्री राणाले कैलाली क्षेत्र नम्बर ५ बाट नै चुनाव लड्ने बताउँदै आउनु भएको छ, उहाँको बेहडाबाबाको दर्शनसँगै यस क्षेत्रको धार्मिक पर्यटन विकासमा टेवा पुग्छ ।’’

बिहीबारदेखि बेहडाबाबा मन्दिरमा सुरु भएको गंगादशहरा मेला जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्डलगायतका श्रद्धालु भक्तजनहरू दर्शन गर्न बेहडाबाबा पुग्ने गर्छन् । परराष्ट्र मन्त्री राणा लगानी तथा विकास सम्मेलनमा सहभागी हुन सोमबार धनगढीमा पुगेकी हुन ।

Loading...