सिलिन्डर ग्यास पड्किएर आगलागि हुँदा छिन भरमै ध्वस्त बन्यो बाम्का बजार

अत्तरिया- बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजार शुक्रबार दिउँसो केहीबेरमै ध्वस्त बन्यो । सिलिन्डर ग्यास पड्किएर एउटा पसलमा लागेको आगो फैलँदा सिंगो बाम्का बजार नै ध्वस्त बनेको छ । बाम्का बजारमा लहरै १ सय २० बढी पसलहरू थिए । धेरैजसो पसलहरू टहरामा थियो । पसलले नै उनीहरूको जीवन चलेको थियो । तर शुक्रबारको भीषण आगलागीले क्षणभरमा उनीहरूको खुसी क्षणभरमै लुट्यो ।

‘गुल्जार रहेको बाम्का बजार हेरिनसक्नु भएको छ । ‘धन्न भागेर ज्यान जोगायौं । हेरिसक्नु छैन,’ स्थानीय व्यवसायी रामबहादुर ऐडीले भने । दिउँसो साढे तीन बजेतिरको कुरा हो । ऐडीको खाद्यान्नको पसलको आडैमा नवदुर्गा होटेल थियो ।

Navadurga sun

‘पसलको काउन्टरमा बिल काटिरहेको थिएँ । एक्कासी आगोको मुस्लो आयो । होटेलको सिलिन्डर पड्केको रहेछ,’ ऐडीले भने, ‘आँखै अगाडि पसलहरू खरानी भयो ।’ उनले पसल सञ्चालन गरेको १८ वर्ष भयो । ‘आगोले नष्ट त परको कुरा, दोकान कहाँ छ पनि थाहा छैन । यति छिटो जल्यो कि यस्तो कल्पना पनि गरेको थिइँन,’ उनले भने, ‘सामान ओसार पसार गर्ने बाइक थियो त्यो पनि झिक्न सकिनँ ।’

उद्धारको काम ढिला गरी सुरु हुँदा धेरै पसलहरू जलेको उनले गुनासो गरे । ‘जलेर खरानी भएपछि उद्धारको टोली आयो । पालिकामा आगो निभाउने एउटा दमकल पनि छैन । कसरी आगो नियन्त्रणमा आउँछ ?,’ उनले प्रश्न गर्दै भने, ‘खबर गर्न नेटवर्कले पनि काम गरेन ।’

उनको मात्र होइन बाम्का बजारको २० वटा भन्दा बढीको पसल जलेर पूर्णरूपमा नष्ट भएको छ । ‘कति जल्यो कति । विवरण अहिले सबै छैन,’ ऐडीले भने, ‘सबै गरेर ४० वटा जतिमा क्षति भयो होला ।’ नियन्त्रणमा लिन दमकल नभएकाले डोजर र ट्यांकरको सहयोग लिनुपरेको बताउँछन्, बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ ।

‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्णरूपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन । दमकल नभएर डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रण भएको,’ उनले भने ।

उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । वडाध्यक्ष हेमराज जोशीले तनावग्रस्त रहेको बताए । ‘पसलहरू जलेको छ । ७–८ वटा ग्यास पड्केको भनिएको छ,’ उनले भने । स्थानीयहरू बाँच्ने आधार नै गुमेको बताउँछन् । ‘आधा मात्र जोगिएको भए पनि बाँच्ने आधार हुन्थ्यो । केही पनि रहेन । पसलको खाता मात्र बाँचेको भए पनि हुन्थ्यो नि । बिजोग भयो,’ ऐडीले भने ।

प्रहरीले भने १६/१७ वटा मात्रै पसल जलेको जानकारी गराएको छ । यद्यपि यसको विवरण अद्यावधिक गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिए । आगलागि पीडितलाई राहतको काम गरिने मनगर प्रमुख बानियाँले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...