अत्तरिया- कैलालीको चुरे गाउँपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८१/०८२ को बार्षिक बजेट अन्तर्गत सिद्ध भगवती युवा क्लब, गजारलाई भाडाकुडा हस्तान्तरण गरेको छ ।






वडाको “युवा क्लबको कार्यक्रम तथा आवश्यक सामग्री खरिद” शीर्षकको योजना अन्तर्गत क्लबलाई भाडाकुडा सामग्री वितरण गरिएको हो । सो सामग्री वडा अध्यक्ष प्रेम बहादुर साउदले एक कार्यक्रमका बीच क्लबलाई हस्तान्तरण गरेका हुन् ।





कार्यक्रममा बोल्दै वडा अध्यक्ष साउदले युवाहरूको सक्रियता र सशक्तिकरणका लागि वडा कार्यालय सधैं सकारात्मक रहेको बताउनु भयो । क्लबले भाडाकुडा जस्ता सामग्रीको उपयोग गर्दै सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा अझ सक्रियता देखाउने अपेक्षा गरिएको छ ।
स्थानीय युवाहरूले वडा कार्यालय प्रति आभार व्यक्त गर्दै सामग्रीको सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।




