निजामती कर्मचारी संगठन कैलालीको ईन्चार्जमा गणेश पनेरु

अत्तरिया- नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिति सदस्य गणेश पनेरूलाई कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । गोदावरी नगरपालिकामा कार्यरत पनेरू लामो समय देखि निजामती सेवा र कर्मचारी हकहितको क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आएका एक कुशल कर्मचारी नेता रहेको संगठनले जनाएको छ ।
संगठनको हालै सम्पन्न बैठकले उनको अनुभव, निष्ठा र नेतृत्व क्षमतालाई मूल्याङ्कन गर्दै कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी सुम्पिएको हो । संगठनका अनुसार पनेरुको नेतृत्वमा जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण, सदस्य विस्तार, कर्मचारीको हक र हितका सवालमा प्रभावकारी अभियान सञ्चालन आएको बताएका छन् ।

Dadeldhura hospital

जिम्मेवारी पाएपछि ईन्चार्ज पनेरुले आफूलाई दिइएको भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सबै कर्मचारीहरूलाई समेटेर संगठनलाई थप सशक्त बनाउने लक्ष्य रहेको बताए। उनले कर्मचारीको पेशागत सुरक्षा देखि सेवा सुविधा सम्मका मुद्दामा गम्भीर पहल गर्ने जानकारी समेत गरेका छन् ।

Navadurga sun
Godawari sandesh

नेपाल निजामती कर्मचारी संगठनले स्थानीय तहदेखि संघीय तहसम्म कर्मचारीको हक अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ । यश क्षेत्रमा पनेरुको नियुक्तिले कैलाली जिल्लामा संगठनको गतिविधि थप सशक्त र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Loading...