बजेट अभावले गोदावरी ३ चौकिडाँडामा निर्माणाधीन इन्डोर ब्याडमिन्टन कोर्ट अलपत्र

अत्तरिया- गोदावरी नगरपालिका–३ चौकिडाँडामा निर्माणाधीन इन्डोर ब्याडमिन्टन कोर्ट बजेट अभावका कारण अलपत्र परेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत सुरु गरिएको यो परियोजना तीन वर्षदेखि अधुरै रहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा सामाजिक विकास मन्त्रालयले १ करोड ३० लाख रुपैयाँको लागत स्टमेट तयार गरी पहिलो चरणमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो बजेटमा कोर्टको फाउन्डेसन निर्माण सम्पन्न गरिएको थियो । तर त्यसपछि आवश्यक थप बजेट नआउँदा परियोजना अगाडि बढ्न सकेको छैन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

२०७९ माघ १४ गते तत्कालीन प्रदेश सांसद तथा हालका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा उनले आवश्यक बजेट जुटाउने प्रतिबद्धता जनाएका थिए। तर तीन वर्ष बित्दासमेत अदालत निर्माण सम्पन्न हुन नसक्दा स्थानीय खेलाडीहरू निराश भएका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ मा फेरि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेटबाट छानो निर्माणको मात्र काम हुने निर्माण कम्पनी महेश डेभलपर प्रालिका प्रतिनिधि विष्णु खड्काले जानकारी दिए । उनका अनुसार अहिले तयार ८ फिट अग्ला पिल्लरमा थप १८ फिट उठाएर छानो हालिनेछ । सामाजिक विकास कार्यालयसँग वैशाखमा गरिएको सम्झौताअनुसार निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ ।

निर्माण कम्पनीसँग १८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएपनि भित्ताको काम र भित्री संरचना निर्माणका लागि अझै ठूलो बजेट आवश्यक हुने जनाइएको छ । बजेट अभावकै कारण यो परियोजना पुनः अलपत्र पर्ने चिन्ता गरिएको छ ।

पछिल्लो समय अत्तरिया क्षेत्रमा ब्याडमिन्टन खेल्ने खेलाडीहरूको सङ्ख्या बढ्दै गइरहेको छ तर ब्याडमिन्टनको क्रेज दिनानुदिन बढ्दै गए पनि इन्डोर खेलमैदान नहुँदा यहाँ समस्या हुने गरेको छ ।

Loading...