गोदावरी–१० मा अपाङ्गता भएका व्यक्तिहरूलाई म्याट्रेस वितरण

 अपाङ्गता भएका नागरिकहरूको हक, हित र सेवामा हामी निरन्तर क्रियाशील रहनेछौंः वडा अध्यक्ष रवीन्द्र शाही गुड्डु

अत्तरिया‍- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० ले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई म्याट्रेस वितरण गरेको छ । यस कार्यक्रमको उद्देश्य अपाङ्गता भएका नागरिकहरूको जीवनस्तर सुधार गर्नुका साथै उनीहरूको सम्मानजनक जीवन सुनिश्चित गर्नु रहेको वडाले जनाएको छ ।

कार्यक्रम वडा अध्यक्ष रवीन्द्र शाही गुड्डुको प्रमुख आतिथ्यतामा र समितिका अध्यक्ष रमेश ताम्राकारको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष शाहीले अपाङ्गता भएका नागरिकहरूको हक–अधिकार सुनिश्चित गर्नु वडाको प्राथमिकता भएको उल्लेख गरे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले भने, “हाम्रो वडामा बसोबास गर्ने प्रत्येक व्यक्तिको जीवन सहज, सुरक्षित र गरिमामय बनोस् भन्ने हाम्रो लक्ष्य हो। हामी अपाङ्गता भएका नागरिकका हक र सेवा प्रवाहमा निरन्तर क्रियाशील रहनेछौं।”

वडाले म्याट्रेस वितरणलाई केवल भौतिक सहायता मात्र नभई आत्मसम्मानको प्रतीकका रूपमा लिएको छ। यस अभियानले अपाङ्गता भएका व्यक्तिहरूप्रति वडाको समर्पण र सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै वडाध्यक्ष शाहीलाई सामाजिक समावेशिताको उदाहरणीय अगुवाका रूपमा स्थापित गरेको छ।

कार्यक्रममा वडा सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति थियो। वडाले यस्तो कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व र समावेशी विकासप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

Loading...