बाजुरा- बाजुरामा नेपाल टेलिकमकाे जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार जगन्नाथ गाउँपालिका-३ मा टेलिकमकाे जिप दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।



जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोक बहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामी रहेका छन ।


त्यस्तै सोहि दुर्घटनामा घाइते हुनेमा बुढीनन्दा नगरपालिका २ का अन्दाजी २५ वर्षीय नन्द बहादुर तिरुवा र अन्दाजी २५ वर्षीय २२ लोकेन्द्र तिरुवा रहेका छन ।





