दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण

दार्चुला- सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाबाट वर्षातका बेला वा विभिन्न कारणले खसेको पहिरो नियन्त्रण गरी घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाएको छ । 

Ganyapdhura gau

भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले बैतडी र दार्चुलामा पहिरो नियन्त्रण, तटबन्ध निर्माण र पानी मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण गर्ने कार्य गरेको कार्यालय प्रमुख विनोद शाहले जानकारी दिए । चालु आर्थिक वर्षमा दार्चुला र बैतडीमा गरी ३४ वटा पहिरो नियन्त्रणका योजना सञ्चालनमा छन् । जसमध्ये २७ पहिरो नियन्त्रणका योजनाहरू निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भइसकेको उनले जानकारी दिए । 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश सरकारले चालु आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलालाई पहिरो नियन्त्रण, तटबन्ध निर्माण, पानी मुहान सङ्रक्षण र रिचार्ज पोखरी निर्माणका गरी १०५ वटा कार्यक्रम/योजना स्वीकृत गरी पठाएको थियो । कार्यालयलाई चालु आर्थिक वर्षमा १० करोड १६ लाख रुपियाँ पुँजिगत बजेट प्राप्त भएकोमा सात करोड ३० लाख बजेट खर्च भइसकेको उनले जानकारी दिए । 

पहिरो नियन्त्रणको योजना हालेर प्रदेश सरकारले आफ्नो कमाइ खाने खेत र घर जोगाइदिएको पुर्चौडी नगरपालिका–३ सल्लेवनका स्थानीय दिल बहादुर धानुकले बताए । ‘वर्षातको बेला सधैँ पहिरो खसेर खेतबारी लग्थ्यो यो वर्ष योजना आएर ढुक्क भएका छौँ’ उनले भने । कार्यालयले खोलाको कटानबाट बस्ती जोगाउन दार्चुला र बैतडी जिल्लामा गरी ५९  वटा तटबन्ध निर्माणका योजनाहरू सञ्चालन गरेको छ भने ४३ योजनाको निर्माण कार्य सम्पन्न गरेको छ ।

१२ वटा पानी मुहान संरक्षण र रिचार्ज पोखरी निर्माणका योजना मध्ये नौ वटा योजनाको निर्माण कार्य सम्पन्न गरी अन्तिम भुक्तानी गरिएको कार्यालय प्रमुख शाहले जानकारी दिए। खोला किनारमा तटबन्ध निर्माणपछि कटानको समस्या हल भएको तथा वर्षातको बेला बाढीको जोखिम कम भएको दुहुँ गाउँपालिका ५ दार्चुलाका स्थानीय प्रेमराज भट्टले बताए ।

‘यसवर्ष सिमित बजेटमा सिमित काम गर्न सकियो, तटबन्ध थप निर्माण गर्न अगामी वर्षमा पनि प्रदेश सरकारले बजेट देओस्’ उनले भने ।  कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ७१ दशमलव ८५ प्रतिशत पुँजिगत बजेट खर्च गर्न सफल भएको    छ ।    

Couple
Loading...