डकले बसपार्क निर्माणका लागि आठ सय ३८ रुख कटान गरिँदै

डडेलधुरा । डकले बसपार्क निर्माणका लागि आठ सय ३८ रुख कटान सुरु गरिएको छ । अमरगढी नगरपालिका ८ स्थित डकलेमा निर्माण गरिने बसपार्क क्षेत्रमा रुख कटानीको आदेश नहुँदा निर्माणको काम सुरु हुन सकेको थिएन । रुख कटानी आदेश पाएको एक वर्ष बित्दासमेत क्षतिपूर्ति बापतको रकम अभावले निर्माणको काम सुरु हुन ढिलाइ भएको अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिए ।

डिभिजन वन कार्यालय डडेलधुराका वन अधिकृत रणेन्द्र सिंहका अनुसार रुख कटानको अनुमति पाए पछि उक्त क्षेत्रमा टाँचा लगाइएका ५६ रुख ९३० सेन्टिमिटर भन्दा मोटाईका०, पोल वा बल्लाबल्ली २२९ र बिरुवा ५५३ कटान गरिदै छन ।

Navadurga sun

गत चैत महिनाको दोस्रो साता रुख कटानीको क्षतिपूर्ति बापतको झन्डै एक करोड ११ लाख रकम नेपाल सरकारको वन विकास कोषमा जम्मा गरेपछि हाल रुख कटान सुरु गरिएको हो । रुख कटानीसँगै अब बसपार्क निर्माणको काम पनि सुरु हुने नगरप्रमुख जोशीले बताए ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्रका रूपमा रहेको डडेलधुरा सदरमुकाममा व्यवस्थित बसपार्क निर्माणका लागी २०७९जेठ महिनामा १६ करोड ५० लाख लागतको ठेक्का आह्वान भएको थियो । तर बसपार्क निर्माण गरिने डकलेको सरौलीका घाणा सामुदायिक वनको वातावरणीय प्रभाव मूल्याङ्कन नगरेरै टेन्डर आह्वान गरिए पछि सम्झौता हुन सकेको थिएन ।

गत वर्ष वैशाख महिनामा मात्रै मन्त्री परिषद्ले निर्णय गर्दै रुख काट्नका लागि अनुमति दिएको थियो । तर पनि क्षतिपूर्ति बापतको रकम भने कुनै निकायबाट विनियोजन गरिएको थिएन । गएको चैत महिनामा अमरगढी नगरपालिकाले क्षतिपूर्ति बापतको रकम जम्मा गरेपछि अब जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटर टाढा महाकाली राजमार्गको छेउ उग्रतारा मन्दिर नजिकै डकलेमा व्यवस्थित बसपार्क बन्ने भएको छ ।

डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले २०७९ साल जेठ महिनामा १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वानपछि घटाघटमा साढे १३ करोडमा ठेक्का स्वीकृत भएको थियो । सहरी विकास तथा भवन निर्माण विभाग कैलालीका प्राबिधिक दीपक ओझाका अनुसार बसपार्क निर्माणका लागि कालिका–मालिका–युपी जेभिसंग ठेक्का सम्झौता भएको छ ।

बसपार्क निर्माणका लागि सामुदायिक वनले २०७३ सालमै सहमति दिएको थियो । ४० रोपनी जग्गामा बसपार्कसँगै सपिङ कम्प्लेक्स, टर्मिनल भवन, पार्किङ, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना रहेको छ । गोरखापत्रबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...