धनगढी- कैलालीको एक जना करणी गरेको अभियोगमा पक्राउ परेका छन्।
३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको भजनी नगरपालिका–५ लालबोझी बस्ने ५२ वर्षीय सिताराम चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
