चेक अनादर मुद्दामा फरार एक जना पक्राउ

बाजुरा- चेक अनादर मुद्दामा फरार अछामका एक जना बाजुराबाट पक्राउ परेका छन्।

जिल्ला अदालत अछामको फैसलाले चेक अनादर मुद्दामा विगो २० लाख ७० हजार रुपैंया तोकिएको प्रतिवादीका नाउँको विगो वाफतको रकम तिर्न नसकी प्रतिवादीलाई विगो वापत २ वर्ष कैद सजायमा राखी फैसला कार्यान्वयन गर्न भनि सोही अदालतको पक्राउ आदेशानुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–५ बस्ने ४० वर्षीय भोजराज बुढा प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun

बुढालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले बाजुराको बडिमालिका नगरपालिका–८ बाउली स्थित उनको डेरा कोठाबाट बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...