कञ्चनपुरबाट भरुवा बन्दुक बरामद

कञ्चनपुर- कञ्चनपुरबाट भरुवा बन्दुक बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१ र ३ को सिमाना स्थित बाराकुण्डाबाट बिष्णु मन्दिर जाने बाटोको तुम्डी खोलाको पुल मुनी लुकाई छिपाई राखेको बेवारिसे भरुवा बन्दुक १ थान बिहीबार राति प्रहरीले बरामद गरेको हो।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक पुल मुनी लुकाई छिपाई बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...