अत्तरियाका व्यवसायी खड्का छुटे

अत्तरिया- कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का हाजिरीजमानीमा छुटेका छन । अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान सदस्य समेत रहेका खड्का मंगलबार हाजिरीजमानीमा छुटेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) रण बहादुर चन्दले जानकारी दिए । उनले खड्काले सोधपुछका क्रममा प्रहरीसँग दुव्र्यवहार गरेकाले उनलाई हिरासतमा राखिएकामा मंगलबार हाजिरीजमानीमा छोडिएको बताए ।

Dadeldhura hospital

यसअघि प्रहरीले खड्कालाई भारतबाट सुन चोरी गरी नेपाल भित्र्याउने तथा कारोबारमा संलग्न गिरोहसँगको सम्पर्कमा रहेको पुष्टि भएपछि पक्राउ गरिएको जनाएको थियो । तर अहिले भने प्रहरीसँगको दुव्र्यवहारमा उनलाई हाजिरीजमानीमा छोडिएको प्रहरीले बताएको छ ।

Navadurga sun
Godawari sandesh

डिएसपी चन्दले सुनचोरीको विषयमा प्रदेश प्रहरी कार्यालयले हेरिरहेको बताए । ‘हामीले सोधपुछका क्रममा प्रहरीसँगको दुव्र्यवहारका कारण पक्राउ गरेका थियौँ, अहिले पछि आवश्यक परेको समयमा हाजिरी हुने गरी छोडेका हौ’ उनले भने ‘सुन चोरीको विषय प्रदेश प्रहरीले हेरिरहेको होला, सो विषयमा अनुन्धान भैरहेको होला, हामीसँग अरु कुनै केस छैन ।’

उनले खड्कालाई प्रहरीसँगको दुव्र्यवहारका कारण सार्वजनिक शान्ती विरुद्धको मुद्धामा मात्रै पक्राउ गरिएको बताए ।

Loading...