भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली

धनगढी । भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीले पैसा असुली गर्ने गरेको आरोप लागेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख दुई नाका—कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमार्फत फर्किँदै गरेका नेपालीहरूले भारतीय सुरक्षाकर्मीबाट असहज र अपमानजनक व्यवहार सहन बाध्य भएको बताएका हुन् ।

Ganyapdhura gau

भारतको विभिन्न राज्यमा मजदुरी तथा कामका लागि गएका नेपालीहरू सीमामा कठोर चेकजाँच, अपमानजनक सोधपुछ र आर्थिक शोषणको शिकार भइरहेका छन्। गौरिफण्टा नाकाबाट फर्किएका कैलालीका बम थापाले भारतीय सुरक्षाकर्मीहरूले ‘अनावश्यक झन्झट’ सृजना गरेर जबरजस्ती पैसा माग्ने गरेको बताए।

Navadurga sun
Godawari sandesh

‘नाकामा सुरक्षाकर्मीहरूले पहिला चेकजाँच गर्छन्, त्यसपछि कुनै न कुनै बहाना बनाएर पैसा माग्छन्,’ थापाले भने, ‘हामीजस्ता दैनिक श्रमिकबाट यसरी पैसा असुली गर्दा खाली हात घर फर्किंनुपरेको छ ।’

Dadeldhura hospital

आफ्नो देश फर्किनै कठिन बनाउने गरी भारतीय सुरक्षाकर्मीले व्यवहारबारे नेपाल सरकारले कूटनीतिक पहलबाट सहज बनाउन नाकामा भेटिएका नेपालीहरूको भनाई छ। भारतबाट फर्कँदै गरेका नेपालीहरूले अपमान होइन, सम्मानका साथ घर फर्किन पाउनुपर्ने उनीहरूको भनाई रहेको छ।

भारत–पाकिस्तानबिच बढ्दो द्वन्द्वले गर्दा दुवै देशका सुरक्षाकर्मीहरू सीमामा कडाइ गरिरहेका छन्। तर सोही कडाइको नाममा नेपालीहरूलाई लक्षित गरी आर्थिक शोषण भइरहेको गुनासो बढ्दो छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार भारतसँग जोडिएका सुदूरपश्चिमका नाकाहरूमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विशेष गरी नयाँ अनुहार वा शङ्कास्पद देखिएका व्यक्तिहरूमाथि थप निगरानी गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकार पनि सीमा क्षेत्रमा विकसित परिस्थितिलाई लिएर सतर्क बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूसँग छलफल गरी सिमाना क्षेत्रमा थप सतर्कता र सहजीकरण गर्न निर्देशन दिएका छन्। रातोपाटी

 

Loading...