जेठ १५ गतेबाट राजावादीहरूले अनिश्चितकालीन जनआन्दोलन गर्ने

काठमाडौं- राजावादी शक्तिहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन्। आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूको निर्णय छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो । यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।

Navadurga sun

यो आन्दोलनमा बाह्य शक्तिहरूको संलग्नता नरहने सुबेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जेठ १५ गतेदेखि देशका विभिन्न भागहरूमा स्वतःस्फूर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरू गर्न उनले अपिल गरेका छन्। आन्दोलनलाई सफल तुल्याउन प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समिति गठन गर्न उनको प्रस्ताव छ ।

राजावादीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना, सनातन हिन्दु राष्ट्रको स्थापना र सङ्घीयता खारेजीका तीन प्रतिबद्धता व्यक्त गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...