कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी–३ मिलनचोक, गोदावरी–४ वनदेबि मन्दिर नजिक र भजनी–३ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७९ हजार ९९० बराबरको सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छलीको प्याज, खुर्सानी, बिडी, भाडा बर्तन, बिभिन्न किसिमका कपडा, धाराका टुटी, पेन्ट, किराना लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त–५ सुकासाल र बेलौरी–१ फटैयाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य १ लाख ६ हजार ८७० बराबरको सामान बरामद गरिएको हो।

पेय पदार्थ, बिभिन्न किसिमका कपडा, माछा, बोईलर कुखुरा, किरानालगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...