बैतडीमा १९ बर्षीया महेश्वरी क्षेत्रीय प्रतिनिधिमा चयन

बैतडी, २२ भदाै– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बैतडीमा वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले वडा कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधिहरुको समेत चयन गरेको हाे।

Dadeldhura hospital

पछिल्लो समयमा नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढ्दै गई रहेकाे छ । सोमबार सम्पन्न वडा अधिवेशनबाट १९ बर्षीया महेश्वरी भट्ट (ऐर) क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन् । बैतडीको पाटन नगरपालिका वडा नं २ बाट उनी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् ।

Navadurga sun
Godawari sandesh

जिल्लाका ८४ ओटै वडाबाट चयन भएका क्षेत्रीय प्रतिनिधि मध्ये सम्भवतः सबैभन्दा कान्छी प्रतिनिधिको रुपमा महेश्वरी चयन भएकी हुन् । उनले भनिन् ‘राजनीतिमा युवाहरुको आवश्यकता छ । राजनीतिबाटै युवाहरुका समस्या समाधानका लागि पहल गर्न युवा नेतृत्व आवश्यक पर्दछ । त्यसैले म क्षेत्रीय प्रतिनिधिको रुपमा अगाडि आएकी हुँ ।’

सोमबार सम्पन्न वडा अधिवेशनले ८४ ओटै वडामा वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन गरेको निर्वाचन अधिकृत पुष्पराज जोशीले बताए । अधिकांश वडामा सहमतिकै आधारमा अधिवेशन सम्पन्न भएको उनले बताए ।

Loading...