पूर्व नगर प्रमुख हमालद्वारा आफ्ना सन्तान सरकारी विद्यालयमा भर्ना

कन्चनपुर- कन्चनपुरको  कृष्णपुर नगरपालिकाका पूर्व नगर प्रमुख कर्ण बहादुर हमालले आफ्ना तीन नानीहरूलाई स्थानीय महाकाली माध्यमिक विद्यालयमा भर्ना गराउँदै सरकारी विद्यालयप्रति सकारात्मक सन्देश दिएका छन् ।

उनले आफै विद्यालयमा पुगेर आफ्ना नानीहरूको भर्ना प्रक्रिया सहभागी भएका हुन् ।  पूर्व मेयर हमालले भने, “महाकाली मवि दिनप्रतिदिन शिक्षाको क्षेत्रमा अब्बल बन्दै गएको छ। यहाँका दक्ष शिक्षक, गुणस्तरीय शिक्षा, उत्कृष्ट भौतिक संरचना र बस सेवा जस्ता सुविधाले विद्यार्थीहरूलाई सहज बनाएको छ, त्यसैले मैले आफ्ना नानीहरू यहीं भर्ना गरें ।”

godawari10 Mahila hinsa
Navadurga sun

हमालका अनुसार, नगर प्रमुखको हैसियतमा कार्यरत रहँदा उनले सरकारी विद्यालयहरूको अवस्था बारे नजिकबाट अनुभव लिएका थिए । उनले थपे, “सबैभन्दा पहिले आफैंले सरकारी विद्यालयमा आफ्ना बच्चा भर्ना गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ । निजी विद्यालयमा आफ्ना बच्चा पढाएर अरुलाई सरकारी विद्यालय रोज्न सुझाव दिनु उचित हुँदैन ।”

Dadeldhura hospital

नानीहरू भर्ना गर्दा आफू अत्यन्त खुशी भएको भन्दै हमालले विद्यालयका शिक्षक र अभिभावक बीच राम्रो समन्वय गरी उच्चस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । 

महाकाली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिन प्रसाद दहितले पनि हमालको निर्णयलाई सकारात्मक संकेतको रूपमा लिएका छन् । उनले भने, “पूर्व मेयरज्यूले आफ्ना सन्तानलाई निजी विद्यालयबाट सरकारी विद्यालयमा ल्याउनु सबै अभिभावकका लागि प्रेरणादायी हो । हाम्रो विद्यालयमा दक्ष शिक्षक छन् र गुणस्तरीय शिक्षा प्रदान गरिन्छ ।”

महाकाली माविमा शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि अंग्रेजी तथा नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ । विद्यालय व्यवस्थापन समितिका अनुसार विद्यालय दिनप्रतिदिन थप व्यवस्थित हुँदै गएको छ ।

शिक्षकहरूको आन्दोलनकै बीच विद्यालयमा भर्ना अभियान सक्रिय रूपमा जारी छ । समितिले सरकारलाई शिक्षकहरूको मागप्रति शीघ्र ध्यान दिन आग्रह गर्दै शिक्षा क्षेत्रको स्थायित्वका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।

Loading...