धनगढीमा आँखा अस्पतालका प्रमुख लागुऔषध सहित पक्राउ

धनगढी- आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कु. निगम बानिया लागुऔषध सहित पक्राउ परेका छन् ।

Dadeldhura hospital

शाखा अस्पतालको मार्तडीका शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको चौराहबाट लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा बानिया सहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिक सहित १० ग्राम खैरो हेरोईन सहित पक्राउ गरिएको छ ।

उनीसँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेका छन् । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...