आगलागी पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिका स्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।

बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Dadeldhura hospital

जयगढ बजारका घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बजारमा सात करोड ५४ लाखभन्दा बढी क्षति भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकास मन्त्री मेघराज खण्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीलाई राहत सामग्रीसहित जयगढ पठाउने निर्णय समेत गरको जानकारी दिएको छ ।

आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकार सम्मलाई राहत, पुनर्निर्माणमा सहयोगको अपिल समेत मुख्यमन्त्री शाहले गर्नुभएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो ।

Loading...