धनगढीबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी । धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–१ कव्रस्थान नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १७ हजार ४०० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीको साईकलसहित बिडी, सुर्ति, गुट्खा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Loading...