६ लाख २८ हजारको अवैध सामान कैलालीबाट बरामद

धनगढी । कैलालीको विभिन्न स्थानबाट भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोक, धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर, टीकापुर नगरपालिका–८ सत्तिपुल नजिक र कैलारी गाउँपालिका–२ कैलारीगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६ लाख २८ हजार २५० बराबरको अवैध सामान बरामद गरिएको हो।

भन्सार छलीको पेय पदार्थ, कुर्ती, ट्याक्टर र सकुटीमा प्रयोग हुने इलोक्टोनिक तथा रिपेरिङका पाटपुर्जाहरु, चार्जिङ बोर्ड, मोबाईल डिस्प्ले, बिजुलीका बिभिन्न सामान, बोईलर कुखुरा, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...