सुदूरपश्चिम प्रदेशभरीका सबै नागरिकलाई खोप लगाउने अभियान सुरु

धनगढी, १९ भदौ- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरीका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुक्रबार बसेको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले प्रदेशका सबै नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले सबैलाई खोप लगाउने निणर्य गरेको हो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता पूर्णा जोशीले प्रदेशमा सबै नागरिकलाई खोप लगाउनका लागि थप ५ लाख डोज उपलब्ध गराइ दिन भनी अनुरोध गर्ने निणर्य गरेको बताइन् ।

Navadurga sun
Godawari sandesh

‘प्रदेश सरकारले खोप खरिद गर्न मिल्दैन’, मन्त्री जोशीले भनिन्, ‘हामीले संघीय सरकारलाई खोप उपलब्ध गराइ दिन भनी अनुरोध गर्ने हो ।’ बैठकले प्रदेशको भारतसंग जोडिएका सीमा नाकामा आवतजावत थप व्यवस्थापन गर्ने निणर्य समेत गरेको मन्त्री जोशीले बताइन् । उनले भनिन्, ‘भारतबाट आउने मानिसको अनिवार्य परीक्षण गराउने र कोरोना संक्रमण भएका व्यक्तिहरुलाई नाकाबाटै आइसोलेसनमा लग्ने गरि व्यवस्थित गरिने छ ।’

Dadeldhura hospital

सुदूरपश्चिमका ९ वटै जिल्ला गरी हालसम्म पहिलो मात्रा लगाउनेको संख्या ६ लाख १ हजार पाँच सय १८ जना पुगेको छ । ६ लाख जनसंख्यालाई दोस्रो मात्रासहित थप पाँच लाख डोज संघीय सरकारले उपलब्ध गराएमा १३ लाख बढी जनसंख्यालाई खोप लगाइने मन्त्री जोशीले बताइन् ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका १ लाख ९५ हजार ३६१ व्यक्ति रहेका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कञ्चनपुरमा १ लाख सात हजार १ सय ६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार ९ सय ४८, बझाङमा ४६ हजार ७ सय २४, डोटीमा ४५ हजार ४ सय २३, दार्चुलामा ३८ हजार ६ सय ५५, डडेल्धुरामा ३० हजार ९ सय ९३ र बाजुरामा २४ हजार १ सय ८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् ।

प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूणर् खोप लगाउने नागरिकको संख्या भने ४ लाख रहेको छ । मन्त्रालयको तथ्यांकअनुसार ४ लाख १ हजार ३३ ले पूणर् खोप लगाएका छन् । ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् ।

कैलालीका १ लाख ५५ हजार ५ सय १० ले पूणर् खोप पाएका हुन् भने बाजुराका ७ हजार २ सय १३ ले पूणर् खोप लगाएका छन् । त्यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार ३ सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४ सय ४८ र डडेल्धुराका १२ हजार १ सय ६२ ले पूणर् खोप लगाएका छन् ।

Loading...