कञ्चनपुरमा गरगहना चोरी गरेर खरिद बिक्रि गर्ने ६ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा गरगहना चोरी गरेर खरिद बिक्रि गर्ने ६ जनालाई पक्राउ गरिएको छ ।

गत मंगलबार भिमदत्त नगरपालिका–७ हल्दुखालका केशब सिंह महराको घरबाट सुनका विभिन्न गरगहना चोरी गर्ने चार जना र चोरीका गरगहना खरिद गर्ने दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले गरगहना चोरीमा संलग्न भिमदत्त नगरपालिका– ६ बस्ने ३० वर्षीय राहुल चन्द, २६ वर्षीय अमित खत्री, २१ वर्षीय चक्र सुनार र १८ वर्षीय महेन्द्र नायकलाई पक्राउ गरिएको बताए ।

उनीहरूले चोरी गरेका गहना खरिद गर्ने निङ्लासैनी सुनचाँदी पसलका सञ्चालक भीमदत्त नगरपालिका–४ बस्ने ३५ वर्षीय नविन पौडेल र ३२ वर्षीया इसा पौडेललाई पनि पक्राउ गरिएको डीएसपी जोशीले बताए ।

उनीहरूले चोरी गरेर बिक्री गरेका सुनको छड्के तिलहरी, ३ वटा मंगलसुत्र,औंठी, २ काँटा, एउटा नागिन माला, एउटा चन्द्रमा, एउटा गलोबन्द, एउटा कानमा लगाउने झुम्का, एक थान चाँदीको औंठी र १६ दशमलव १४ ग्राम गलाएको सुन बरामद गरिएको छ ।  सुन चोरी गर्ने र खरिद गर्नेलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...