कैलालीबाट अवैध सामान बरामद

धनगढी- कैलालीबाट ४ लाख २९ हजारको अवैध सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–२ मिलन चोक, धनगढी उपमहानगरपालिका–३ चटकपुर, भजनी नगरपालिका–७ पुरैना सामुदायिक वन नजिक र टीकापुर नगरपालिका–१ गौरा पाउरोटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख २९ हजार ३ सय बराबरको सामान बरामद गरिएको हो ।

Navadurga sun

कुर्ती, प्लाजु, सुटपिस, धोती, पास्ता, खानेतेल, भेष्ट, पेय पदार्थ, कुरकुरे, चक्लेट, सिएफएल चिम, स्विच बोर्ड, माछा, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...