गृहमन्त्री लेखक द्वारा प्रादेशिक आपतकालीन गोदामघरको हस्तान्तरण

अत्तरिया- गृहमन्त्री रमेश लेखकले कैलाली स्थित प्रादेशिक आपतकालीन गोदामघरको हस्तान्तरण गरेका छन । धनगढी उपमहानगरपालिका १३ मा रहको धनगढी विमानस्थलमा रहेको आपतकालीन गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको हो ।

Ganyapdhura gau

आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने , “सात प्रदेश मध्ये ६ प्रदेशको आपतकालीन गोदामघर रहेको तर केही आवश्यक सामाग्री झिक्न प्राधिकरण अनुमति चाहिने भएकाले प्रदेश सरकारलाई नै हस्तान्तरण गरिएको हो ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

काठमाडौंमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रिय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने र विदेशबाट समेत सामाग्री मगाउनुपर्ने, वैदेशिक सहयोग तथा खरीद गरेर प्रदेशका आपतकालीन गोदामघरलाई बितरण गरिने समेत उनले बताए ।

उनले भने , कार्यबिधि सँगै आवश्यक मापदण्ड बनाएर प्रदेशलाई हस्तान्तरण गरिएका आपतकालीन गोदामघरको रेखदेख प्रदेश सरकारले गर्नुपर्ने र विपद्को समयमा सुरक्षा निकायलाई प्रदेश सरकारसँग समन्वयमा काम गर्न निर्देशन समेत निर्देशन दिए ।

त्यसैगरी, प्रदेशमा रहेका आपतकालीन गोदामघरमा बिपद्को समयमा आवश्यक पर्ने त्रिपाल, कम्बल सँगै खाद्यान्न औषधि लगायतका सामाग्री उपलब्ध हुने समेत गृहमन्त्री लेखकले बताए ।

Couple
Loading...