कैलालीका १२ स्थानीय तहले ल्याए बजेट, टीकापुरमा अझै अन्योल

कैलालीका १३ स्थानीय तहमध्ये टीकापुर नगरपालिका बाहेक १२ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार अधिकांश स्थानीय तहले समयमै नगर तथा गाउँसभामार्फत बजेट प्रस्तुत गरेका हुन्।

Navadurga sun

टीकापुर नगरपालिकामा भने नगर प्रमुख र उपप्रमुख पदमुक्त रहेको तथा कार्यबाहक नगरप्रमुखको विषयमा विवाद कायम रहेकाले बजेट सार्वजनिक हुन सकेको छैन।

बुधबार घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन्। यसअघि धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...